आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौंः नेपालमा आज २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विराटनगरमा गरिएकाे परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

याे पनि पढ्नुस  कस्तो छ भारत र पाकिस्तानमा कोरोना संक्रमणको अवस्था?

कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।

यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् ।

याे पनि पढ्नुस  न्यूयोर्कका डाक्टरले कोरोनाका सिकिस्त बिरामीलाई भिटामिन सीको अत्यधिक मात्रा दिँदै

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्यूठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजिटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट इटालीका प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु

बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । जसमध्ये २ सय ७८ जना डिस्चार्ज हुँदा ९ संक्रमितले ज्यान गुमाएमा छन् ।

कमेन्ट गर्नुहोस्