जनयुद्धकै आधार इलाकामा दलितमाथि चरम हिंसाले जन्माएका गम्भीर प्रश्न

ओमबिक्रम भाट ‘सरल’
छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनको सन्दर्भमा घोषणा गरिए अनुसारकै शुभकामना व्यक्त गर्दछु । राज्यले घोषणा गरेको छुवाछूत मुक्त राष्ट्रमा हामीले समाजमा देखाउनलाई भएपनि सामाजिक सञ्जालमा शुभकामना दिएर क्रान्तिकारिता प्रदर्शन गर्न किन विलम्ब गर्ने ?

अहिलेको सन्दर्भमा छुवाछूत मुक्त दिवस र जनयुद्ध, सांस्कृतिक क्रान्ति र दलितका बिषयमा केही बिषयहरुको उठान गर्न जरुरी देखिएको छ ।

छुवाछूत र छाउपडी प्रथा देशैभर छ । सबैभन्दा बढी उपल्लो वर्ग र उपल्लो भनिएको जातमा छ । जो, जति आफुलाई संभ्रान्त, शिक्षित, अग्रगामी सोचबाहक र समाज परिवर्तन आफैले गरेको ठान्छ । तर सबैभन्दा बढी विभेद र कुसंस्कारलाई प्रश्रय पनि उसैले दिइरहेको छ । छुवाछूत र विभेदका कारण नेपालमा जनयुद्धको आधारभूमि भनेर चिनिने क्षेत्रमा जघन्य अपराध घटेकोले सशस्त्र युद्ध र कर्णाली र सुदुरपश्चिम प्रदेशसँग जोडेर केही लेख्नैपर्ने बाध्य बनाएको छ ।

कतिपयले न्यायपूर्ण समाजको सपना देख्दै अरुका लागि योगदान गरिरहेका थिए, तर दलितहरुका लागि भने यो आफ्नै सपना थियो । आफ्नै मुक्तियुद्ध थियो ।

रुकुम जिल्ला कुनै समय माओवादी जनयुद्धको आधार इलाका र उद्गम जिल्लाको रुपमा मात्रै होइन, जनवादी र कम्युनको मोडेलको रुपमा परिचित गराउने जिल्लाको रुपमा समेत प्रसिद्ध थियो । जनयुद्धको प्रारम्भदेखि नै प्रमुखताका साथ उठाइएका मुद्दा मध्ये छुवाछूत र जात, लिङ्ग, क्षेत्र, पेशालगायतका आधारमा हुने सामाजिक विभेदको अन्त्य एक प्रमुख मुद्दा थियो । त्यसैले जनयुद्धमा दलित समुदायको उल्लेख्य उपस्थिति मात्रै थिएन बलिदानीसमेत अग्रस्थानमा थिए । जनयुद्धको पहिलो शहिदका रुपमा १३ वर्षको कलिलो उमेरमा दिलबहादुर रम्तेलले जीवनको आहुती दिएका थिए ।

त्यसो त जनयुद्धमा कुनै अमुक जातजाति अथवा समुदायले मात्रै बलिदान त्याग र संघर्ष गरेका थिएनन् । त्यो वर्ग संघर्ष थियो, त्यहाँ वर्गमुक्ति खोज्ने सबैको समर्थन र सहभागिता थियो । तर, दलित समुदायको आशा यो युद्धप्रति अलि बढी नै थियो । कतिपयले न्यायपूर्ण समाजको सपना देख्दै अरुका लागि योगदान गरिरहेका थिए, तर दलितहरुका लागि भने यो आफ्नै सपना थियो । आफ्नै मुक्तियुद्ध थियो ।

हाम्रा मुद्दा सही थियो, नियत सही थियो तर आचरण व्यवहार ठिक थिएन ।

युगौंदेखिको जातीय शोषण यही युद्धबाट अन्त्य हुन्छ भन्ने उनीहरुको दृढ विश्वास थियो । त्यसैले आफूले भोगेको शोषणको अनुभूतिले उनीहरु जनयुद्धप्रति हुरुक्कै भएर लागेका थिए । जनयुद्धमा हतियार निर्माणदेखि सक्रिय सहभागितासम्म दलितहरुको संलग्नता विशिष्ट थियो ।

साविक कर्णाली, सेती र महाकाली अञ्चल क्रान्तिका लागि आवश्यक पर्ने सबै आधारहरुले भरिपूर्ण थियो । त्यहाँ गरिबी थियो, बेरोजगारी थियो, अशिक्षा थियो, विभेद र छुवाछुतको पारो उच्च थियो, पछौटेपन थियो र कुप्रथा मानिएको छाउपडी त्यही थियो ।

याे पनि पढ्नुस  दलितलाई कोरोना भाइरसले पनि हेप्नी !

यी, यस्तै अभाव, दबाब र प्रभावमा जीवन गुजारेका स्थानीयलाई मुक्तिको, सपनाले, उज्यालोको किरण आकर्षण नगर्ने कुरै थिएन । जसले आशाको दियो जलाउँछ उसलाई विश्वास नगर्ने कुरै थिएन । जनयुद्ध (२०५२ फागुनमा) रोल्पा रुकुम रामेछाप जाजरकोट सल्यानलगायतका सिमित जिल्लाबाट सुरुभएपनि तत्काल विस्तार भएका जिल्लाहरु पश्चिम नेपालकै थिए ।

माओवादी कार्यकर्ताहरु जो गैरदलित थिए ती बाहिरबाट आएका थिए । उनीहरुको सामाजिक हैसियतका बारेमा धेरै बेखर थिए । उनीहरु आफ्नो परिचय दलितको रुपमा दिने गर्थे । दलितहरु आफुलाई ब्राह्मण क्षेत्री र ठकुरीको रुपमा परिचय गराउथे ।

त्यतिबेला रुकुम, सल्यान र जाजरकोटबाट अत्यधिक मात्रामा नेता कार्यकर्ताहरुलाई कर्णाली र सुदुरपश्चिम प्रदेशमा खटाइएको थियो । कुनै यस्तो जिल्ला थिएन जहाँ स्थानीय नेतृत्वलाई प्रमुख बनाइएको होस् । सबै रुकुम जारकोट र कालिकोटबाट नै पठाइन्थे । किनभने कर्णाली र सुदुरपश्चिमलाई जगेडाको रुपमा समेत राखिएको थियो । अरु क्षेत्रबाट कारबाही गरेकाहरुलाई सुदुरपश्चिम र कर्णालीमा पठाइन्थ्यो । जसकारण स्थानीय नेतृत्वको विकास सैन्य क्षेत्र र सांगठनिक क्षेत्र दुवैमा ढिला हुन गयो ।

त्यही क्रममा जनयुद्धको उत्कर्षको समयमा सांस्कृतिक क्रान्तिका अभियान चले । जसबाट एउटा फरक उग्र वामपन्थी क्रियाकलापहरुको जन्म भयो । त्यसैको उत्कर्षको रुप दैलेखमा प्रकट भयो भने वैतडीमा पनि आंशिक रुपमा बिद्रोहको रुपमा अगाडि देखा पर्यो ।

तर अहिले लाग्छ, हाम्रो रुढीवादी पुरातन समाजलाई रुपान्तरण्न गर्ने हाम्रो तरिका गलत थियो । बुझेर, सहमत भएर त्यो परिवर्तन भएको थिएन । डर र त्रासका कारण छुवाछूत नमान्न बाध्य पारिएको थियो । उनीहरुले मनदेखि होइन बन्दुक देखेर यसलाई स्वीकार गरेका थिए ।

माओवादी कार्यकर्ताहरु जो गैरदलित थिए ती बाहिरबाट आएका थिए । उनीहरुको सामाजिक हैसियतका बारेमा धेरै बेखर थिए । उनीहरु आफ्नो परिचय दलितको रुपमा दिने गर्थे । दलितहरु आफुलाई ब्राह्मण क्षेत्री र ठकुरीको रुपमा परिचय गराउथे । भान्सामा पस्ने, जनै फाल्न लगाउने, टुप्पी काट्ने रांगाको मासुलाई गाइको मासु भन्ने जस्ता क्रियाकलापले समाज झन भित्रभित्रै कुण्ठित र आक्रोशित बन्दै गइरहेको थियो । जसकारण दैलेखीद्वारा माओवादीहरुमाथि आक्रमण भयो ।

हिजो जुन एक किसमको उग्र क्रान्तिकारी चरित्र थियो त्यो भित्रको चरम जातिवादी र सर्वसत्तावादी सोच अहिले पनि विद्यमान रहेको यसले स्पष्ट पारेको छ । त्यसैको चरम रुप हो पश्चिम रुकुम घटना ।

लामो समयसम्म त्यहाँ माओवादी फर्केर जान सक्ने सहज अवस्था बनेन । त्यसैगरी बैतडीमा पनि त्यही र त्यस्तै प्रकारको घटना दोहोरियो । एकदिन एकजना वृद्धसँग माओवादी कार्यकर्ताले पानी मागेछन् । ती वृद्धले एक आम्खोरा पानी दिँदै भनेका थिए, ‘ए बा सक्या त पाटी पौवा दिन्थ्या रे, पानी क्याई नाई दिउँलो’ (अर्थात यदि सक्ने भने इनार बनाइदिन्थे । पानी किन नदिनु, दिन्छु) भनेर जवाफ फर्काउको आरोपमा ती वृद्ध कुटिए । कारण थियो पौवाको अर्थ ‘मदिरा’ लगाइयो । यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटना थुप्रै घटे हामीले त्यतिबेला त्यसलाई अग्रगामी परिवर्तनका खातिर र क्रान्तिकारी सोच ठान्यौँ । त्यतिबेला रोल्पा रुकुम सल्यान जाजरकोट र कालिकोटबाट आएका नेता तथा कार्यकर्ता सोभियत संघको कम्युनबाट आएका ठान्थ्यौँ ।

हामीले आफ्नै बलबुतामा, पुर्खाहरुले देखाएको बोटो मात्रै हिड्न सकेको भए त्यो सामाजिक रोगलाई सहजै परास्त गर्न सक्थ्यौँ । तर बिडम्बना, त्यसो गर्न सकेनौं ।

हामीले क्रान्तिकारी सहिद भिमदत्त पन्त जन्माउने ठाउँका मानिस हौँ भनेर बिर्स्याै‌ । भिमदत्त पन्त पण्डित भएर पनि उनले (२००६ सालतिर) राणा शासनकालमै छुवाछुत र विभेदको अन्त्यको लागि आफैं दलितको हातबाट पानी पिएर छुवाछूतविरुद्ध आन्दोलनको शंखघोष गरेका थिए । हामी बिर्स्यौँ, मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहलाई, जसले मानवता, स्वतन्त्रता र शिक्षाका लागि लडाइँ लडेका थिए । यसैगरी बाकावीर, दशरथ चन्द र ओमजंगहरुको यो योगदान र शिक्षालाई बिर्स्यौं ।  जसले गर्दा बाहिरी रुपमा क्रान्तिकारिता र नयाँ देखिएपनि त्यसभित्रको विकृत रुपलाई हामीले आत्मसात गर्न सकेनौँ । हामीले आफ्नै बलबुतामा, पुर्खाहरुले देखाएको बोटो मात्रै हिड्न सकेको भए त्यो सामाजिक रोगलाई सहजै परास्त गर्न सक्थ्यौँ । तर बिडम्बना, त्यसो गर्न सकेनौं । शान्ति प्रक्रिया पश्चात् ती जनयुद्धकालीन कुण्ठाहरु प्रकट हुन थाले, ती घाउँ बढ्दै र विकराल स्वरुपमा बल्झँदै गए ।

याे पनि पढ्नुस  मन्त्री पुनले भने, ‘जनयुद्धका नेता स्वीकार्ने तर, जनयुद्ध स्वीकार नगर्नु बेइमानी’

यसको एउटा मुख्य कारण हामीले रोपेको बिउ हो । हाम्रा मुद्दा सही थियो, नियत सही थियो तर आचरण व्यवहार ठिक थिएन । मुद्दा सही भएकै कारणले सुदुरपश्चिम र कर्णालीबाट हजारौं युवा जनमुक्ति सेनमा सहभागी भए सुदुर पूर्वदेखि पश्चिमसम्म सबैभन्दा बढी सेना सुप कै थिए । तर कमान्डर थिएनन् किनभने कमान्डर बन्न नै दिइएन ।

व्यवहारमा र सोचमा के परिवर्तन आयो ? परिवर्तनको नेतृत्व कसले गरेको छ, या हामीले भनेको परिवर्तनले सम्बन्धित समुदायलाई समेट्न सकेको छ कि छैन ? गणतन्त्र भनिएको शासनमा जनताले अपनत्व बोध गरेका छन कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो ।

कमान्डर र नेतृत्व बाहिरबाट पठाइन्थ्यो जसले गर्दा यो क्षेत्र सदैब पछाडी प¥यो । जसको असर अहिले सम्म परिरहेको छ । यो बिषय उल्लेख गर्नुको कारण के हो भने जुन एकात्मक आत्मकेन्द्रित सोच उहिले थियो त्यो अहिले पनि छ । फरक यति छ हिजो क्रान्तिकारी रुपमा थियो, आज त्यसमा टुप्पी पलाएको छ । जसरी केन्द्रीय राज्यसत्ताले कर्णााली र सुपलाई विभेदमा पार्याे त्यसरि नै सत्ता र दलभित्रका मानिसहरुले दलितलाई दोश्रो दर्जाको व्यवहार गर्दै आए । यो नयाँ मानसिकता थिएन । युद्धको रापमा दलितको कुरा गरे, तर शान्ति प्रक्रियामा आएपछि उनीहरुको मष्तिष्कमा रहेको केन्द्रीय सामन्ती सत्ताको चिन्तन गएन । झन त्यसमा संसदीयफराजनीतिमा दलित भन्दा सामाजिक आर्थिम हैसियत भएकाहरु प्रिय हुन पुगे ।

याे पनि पढ्नुस  धुम्बराहीमा सुरेश वाग्ले समृति दिवस, प्रचण्ड प्रमुख अतिथि

पछिल्लो घटनामा हिजो दलितका मसिहा भन्ने अब्बल क्रान्तिकारीहरुको अभिव्यक्ति यसकै परिणाम हो । तर हिजो जुन भ्रम थियो आज पनि त्यही भ्रममा बस्नु भनेको सबैभन्दा ठूलो भुल हो । पश्चिम रुकुममा घटेको घटना नयाँ होइन यो विभेद र छुवाछुत मात्रै पनि होइन । यो घटना त्यो सोचको पनि हो जसले हामीले सबभन्दा सर्वोत्कृष्ट र अग्रगामी ठान्छ ।

म राम्राे, तिमी नराम्रो, म उच्च तँ नीचको मानसिकताको उपज हो यो घटना । र, यो सामन्ति सोच पार्टी र सत्ताभित्र निकै घनिभुतरुपमा स्थापित हुन अर्काे बिडम्बना बनेको छ । त्यसैले अहिलेको घटना हुनुमा समाजका परिवर्तनकारी र त्यसलाई दिशा प्रदान गर्ने दावी गर्दै आएका हामी जिम्मेवार छौं । हिजो जुन एक किसमको उग्र क्रान्तिकारी चरित्र थियो त्यो भित्रको चरम जातिवादी र सर्वसत्तावादी सोच अहिले पनि विद्यमान रहेको यसले स्पष्ट पारेको छ । त्यसैको चरम रुप हो पश्चिम रुकुम घटना ।

मुलुकमा के घोषणा भयो त्यो मुख्य कुरा होइन । संविधानलाई कसरी शब्दजालमा सजाइएको छ त्यो पनि महत्वपूर्ण होइन । र कानुनका ठेली या आफ्ना नजिकका कार्यकर्ता भर्ती गर्न गर्न स्थापना भएका आयोग पनि महत्वपूर्ण विषय होइनन् । व्यवहारमा र सोचमा के परिवर्तन आयो ? परिवर्तनको नेतृत्व कसले गरेको छ, या हामीले भनेको परिवर्तनले सम्बन्धित समुदायलाई समेट्न सकेको छ कि छैन ? गणतन्त्र भनिएको शासनमा जनताले अपनत्व बोध गरेका छन कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो ।

छुवाछुत अन्त्य नारा र घोषणामा होइन जीवनमा, व्यवहारमा लागू गरौँ । अजित मिजारदेखि लक्ष्मी परियार र फुल्दै र फक्रदै गरेका नवराज विकहरुले अनाहकमा ज्यान गुमाउन नपरोस् । ताली र गालीमा खर्चिएको समय अब दिगो, भरपर्दौ र अपनत्वसहितको परिवर्तनका लागि लगायौँ, हातेमालो गरौँ । समावेशी समतामूलक समाज निर्माण गरेको दिन कुनै दिवस मनाउनु पर्ने छैन, न त औपचारिक शुभकामनानै आवश्यक रहन्छ ।

अरुबाट आसा नगरेपनि कम्तिमा परिवरतनका हिमायतीहरु मात्र जनयुद्धकाल जस्तै अहिले पनि अग्रमोर्चामा उभिन सके हामीले ईतिहासप्रति न्याय गरेको ठहरिन्थ्यो ।

लेखक नेकपा सुदूरपश्चिम कमिटी सदस्य हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्