काठमाडौंमा संक्रमितको संख्या २५ पुग्यो

काठमाडौंः काठमाडौंमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । काठमाडौं उपत्यकामा ३३ जना संक्रमित हुँदा काठमाडौंमा मात्रै २५ संक्रमित छन् । उपत्यकाको ललितपुरमा ३ र भक्तपुरमा ५ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्रै नेपालमा थप २०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमा ४ जना काठमाडौंका रहेका छन् । मंगलबार पनि काठमाडौंमा ४ जनामा कोरोना पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  नेपालमा डाक्टरमा पनि देखियो कोरोना

योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । संक्रमितमध्ये ५ जना उपचारपछि निको भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि कोरोना बिरामीमुक्त काठमाडौंमा फेरि संक्रमित फेला पर्न थालेका छन् । कोरोना बिरामीमुक्त भएपछि लकडाउन खुकुलो पारिनु तथा बाहिरका जिल्लाबाट सहजै आवागमन भएपछि यहाँ संक्रमणको जोखिम बढेको जानकारहरू बताउँछन् ।

याे पनि पढ्नुस  लकडाउनको स्वरुप परिवर्तन गरिँदै, अब कस्तो हुन्छ ?

नेपालमा हालसम्म सङ्क्रमितको कुल सङ्ख्या २३०० पुगेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २७८ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्