कोरोना परीक्षणमा युएई सरकारसंग दूतावासले समन्वय गर्ने, भिषा सकिएकाको जरिवाना मिनाहा

युएई । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका नेपालीहरु लाई स्वदेश फर्काउनु अघि गरिने परिक्षणका लागि दूतावासले आवश्यक पहल गर्नेभएको छ।

नेपाल सरकार,मन्त्रीपरिषदको गत जेष्ठ २ गते सम्पन्न बैठकको स्वीकृत निर्णय अनुसार कोरोना भाइरसको महामारीका कारण स्वदेश फर्काउनैपर्ने अबस्थामा रहेका नागरिक लाई फर्काउनु अघि अनिवार्य रूपमा परिक्षण गराउनु पर्ने प्रावधान अनुरुप दूतावासले युएई सरकार संग समन्वय गरि मिति स्थान र समयको जानकारी गराउने बताएको छ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ महत्वपूर्ण निर्णय (सूचीसहित)

मार्च १ तारीख अघि नै भिषाको म्याद सकिएकाहरुलाइ युएई सरकारले स्वत नविकरण गरिदिने र मार्च १ तारीख अघि नै भिषा समाप्त भएर बसेका हरुको हकमा समेत जुन १ तारीख बाट लागू हुने गरि तीन महिना भित्र स्वदेश फर्किएमा कुनै शुल्क जरिवाना  नलाग्ने दूतावासले जनाएको छ।

युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुले दूतावासका प्रतिनिधिहरुलाइ फोन गर्दा नउठ्ने गुनासो बढेपछि दूतावासले समस्याको वर्गीकरण गरि सिधा सम्पर्कको ब्यबस्थापन समेत गरेको छ ।

याे पनि पढ्नुस  कोरोनाबाट बेलायतमा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो

जसमा गर्भवती महिला ,कोरोना बाहेकका बिरामी,आफन्त गुमाएकाहरु र बिध्यार्थी / इन्टर्नसीपहरुले रिता धितालको मोबाइल नम्बर +971508180280 अथवा eonabudhabienqulry@gmail.com मार्फत सम्पर्क गर्न सक्नेछन् भने ब्यक्तिगत तथा कम्पनी र भिजिट भिसामा रहेका हरुले निर्मला थापा र मोतीराम भुसालको मोबाइल नम्बर 0545053250 अथवा 0525942411 मा सम्पर्क गरि आफ्नो समस्या राख्न सकिन्छ भने भिषा नविकरणका लागि नारायण ज्ञावलिको मोबाइल नम्बर 0589095404 मा सम्पर्क गर्न सकिने दूतावास द्वारा जारी सुचनामा उल्लेख छ।

याे पनि पढ्नुस  श्रीमानले बढी माया गरेको भन्दै श्रीमतीले मागिन् तलाक !

हवाई उडान सुरु नहुदा सम्म समस्यामा परेका नेपालीहरुलाइ एनआरएन युएई ,नेपाली समाज सहितका विभिन्न संघसंघसंगठनको समन्वयमा खाद्यान्न लगाएका सहयोग कार्यक्रम लाई निरंतरता दिने बताउदै लामो समय सम्म हवाई उडान बन्द हुदा समेत नेपालीहरुले देखाएको धैर्यता र सुझबुझ प्रसम्सनिय रहेको दूतावास स्रोतले बताएको छ।

 

कमेन्ट गर्नुहोस्