भोलिदेखि देशभर पसल खुल्ने (विज्ञप्तीसहित)

काठमाडौंः लकडाउन उलङ्घन गर्दै भोलिदेखि देशभर पसल खुल्ने भएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि (बिहिबार)देखि लकडाउन उलङ्घन गर्दै देशभर पसल खुल्ने भएका हुने ।

बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । लकडाउनका कारण हालसम्म बन्द रहेका पसलहरू बिहीबारबाट बिहान ११ बजेसम्म संचालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापारीहरूलाई विज्ञप्तीमर्फत उर्दी जारी गरेको छ ।

याे पनि पढ्नुस  बर्दियाकी कोरोना संक्रमित बालिका क्वारेन्टाइनमै

‘नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरूको व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएको छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै रहरले नभई बाध्य भएर पसलहरू खुला गर्ने निर्णय गरेका हौं ।’

याे पनि पढ्नुस  नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा काेराेना उपचार काेषमा २ लाख १ हजार जम्मा गर्ने निर्णय

पसल खोल्दा सुरक्षाका मापदण्ड अपनाउने विषयमा भने महासंघले व्यापारीहरूलाई सजग गराएको छ । ‘हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्नेलगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोकेको न्युनतम मापदण्डको पालना गर्नेछौं’, विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  नेपालको कोरोना संक्रमण विश्वमै कसरी फरक? यस्तो भन्छन् डा. पाण्डे

पसल व्यवसायहरू खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमा वा बल प्रयोग गरिएको खण्डमा व्यवसायीहरूले राज्यलाई तिर्ने कर, घर भाडा‚ बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने पनि महांसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्