६ वर्षीया बालिकाले जितिन् कोरोना, शल्यक्रिया पनि सफल

काठमाडौंः महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकाले कोरोना भाइरस (कोभिड(१९) लाई जितेकी छन् ।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

याे पनि पढ्नुस  असार १ गतेदेखि आन्तरिक उडान खोल्ने प्रस्ताव

यही जेठ १२ र १७ गते दुई पटक पीसीआर परीक्षणा गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले जानकारी दिए ।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले उनलाई बुधबार घर पठाइएको छ । रासस

कमेन्ट गर्नुहोस्