भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कारको प्रयास

भक्तपुरः व्यासीबाट १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं. ४ स्थायी घर भई भक्तपुर न.पा. वडा नं. २ बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् ।

तामाङले बुधबार बिहान भक्तपुरको भक्तपुर न.पा. वडा नं. २ ब्यासीमा आफ्नै कोठामा बसेकी १३ बर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बहिनीलाई बलात्कार गरेको आरोपमा दाई पक्राउ

१३ वर्षीया बालिका फुपु फुपाजुसंग बस्दै आएकी थिइन् । फुपु फुपाजु गलैचा कारखानामा काममा गएको मौका पारी बालिकाको मुख थुनेर जबरजस्ती करणी गर्न लाग्दा बालिकाको फुपाजु पुगेपछि उनी भागेका थिए ।

तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर भक्तपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्