थप ३ जनामा देखियो कोरोना

काठमाडौंः सुदूरपश्चिममा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित सबै डोटीका रहेका छन् ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमितहरू पूर्वीचौकी गाउँपालिका–४ की ४५ बर्षीय महिला, २७ बर्षीय पुरुष र वडा नम्वर ७ का २२ बर्षीय पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका कोरोना संक्रमित?

योसँगै सुदूरपश्चिमा कोरोना संक्रमितको संख्या ८१ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । संक्रमितमध्ये ७ जना निको हुँदा एकजनाको ज्यान गइसकेको छ ।

कमेन्ट गर्नुहोस्