सप्तरीमा झडपः दुई दर्जन घाइते, आठ राउण्ड अश्रुग्यास प्रहार

सप्तरः छिन्नमस्ता गाउँपालिका–७ हाटीमा स्थानीयहरूबिच बुधबार जग्गा विवादमा झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन् ।

जग्गा विवादमा रीताराम यादव, राजेन्द्र मण्डल, सजन साह, सन्तोष यादव, मो. महबुल, योगेन्द्र यादव, मो. मालिक, नाजुक खातुन, जुवेदा खातुन, अब्दुल सतार, वीरेन्द्रप्रसाद यादव, रमण साह, मो. अर्जुन, मो. नईम, मो. ताहिर, रामकुमार यादव, प्रितम यादव, वीरेन्द्र यादव, इद्रिस मन्सुरीलगायत व्यक्तिहरू घाइते भएका छन् ।

याे पनि पढ्नुस  रवि समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

घाइतेहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित समूहले प्रहरीको भ्यानमाथि समेत ढुङ्गामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चार–चार राउण्ड अश्रुग्यास सेल फायर गरेको छ ।

दुवै पक्ष बीच झडपको सम्भावना रहेकोले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

याे पनि पढ्नुस  आज पनि रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप

आक्रोशित समूहले घाइतेहरूलाई ओसार्नका लागि घटनास्थल पुगेको एम्बुलेन्समा समेत तोडफोड गरी क्षति पुर्याएका छन् ।

कमेन्ट गर्नुहोस्