२३०० पुगे संक्रमितः तपाईंको जिल्लामा कति ? (सूचीसहित)

काठमाडौंः नेपालमा हालसम्म सङ्क्रमितको कुल सङ्ख्या २३०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २७८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार बुधबार मात्रै नेपालमा थप २०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बुधबारै एकजनाको मृत्यु हुँदा ४७ जना निको भए ।

याे पनि पढ्नुस  नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा काेराेना उपचार काेषमा २ लाख १ हजार जम्मा गर्ने निर्णय

पछिल्लो समय नेपालमा कोरोना फैलिँदै ६४ जिल्लामा पुगिसकेको छ ।

हेर्नुस प्रदेशमा कोरोनाको अवस्थाः

सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर २ मा छन् । त्यहाँ ८६० जनामा कोरोना पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ भने ११० जना निको भएका छन् ।

याे पनि पढ्नुस  जहाँ लकडाउन हुनुपर्ने हो त्यहाँ भएको छैनः डा. रवीन्द्र पाण्डे

प्रदेश २ पछि प्रदेश ५ मा संक्रमित धेरै छन् । प्रदेश ५ मा ८१२ संक्रमित, १ जनाको मृत्यु र ७९ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशमा २६९, प्रदेश १ मा १८६, सुदूरपश्चिम प्रदेशमा ७८, बागमती प्रदेशमा ५८ र गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित छन् ।

याे पनि पढ्नुस  को हुन् उदयपुरमा थपिएकी कोरोना संक्रमित महिला ?

कुन जिल्लामा कति संक्रमित ?

६४ जिल्लामा कोरोना पुग्दा ६ जिल्लामा संक्रमितको संख्या सय नाघेको छ ।

सबैभन्दा बढी कपिलवस्तुमा ४०६, रौतहटमा ३१६, बाँकेमा २१३, सर्लाहीमा १४८, झापामा ११४ संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्