भारतमा नयाँ रेकर्डः लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना संक्रमण रोकिनुको साटो झन बढ्दै गइरहेको छ ।

पश्चिमी देशहरुमा लकडाउन र टेष्टमा व्यापकतासँगै कोरोना संक्रमणको दरमा कमी आएको छ । तर भारतमा भने यसको ठीक उल्टो प्रतिदिन संक्रमित थपिंदै गइरहेका छन् ।

याे पनि पढ्नुस  कोरोना परीक्षण नमुना लैजाँदै गरेका १ जनाको गोली हानेर हत्या

बुधबार भारतमा पहिलोपटक ९ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ । योसँगै बुधबारसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । अर्कोतर्फ कोरोनाका कारण हुने मृत्युमा समेत कमी आउन सकेको छैन । बुधबारका दिन मात्रै दुई सय ५९ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै १२२ जनाको निधन भएको छ ।

याे पनि पढ्नुस  न्यूयोर्कमा १५ मेसम्म विद्यालय बन्द

पछिल्लो सात दिनदेखि हरेक दिन सात हजार भन्दा बढी संक्रमित देखिएका छन् । अहिलेसम्म भारतका सबै २८ वटा राज्य र ७ वटा केन्द्रशासित प्रदेशमा संक्रमण देखिएको छ ।

लकडाउन र उपचारमा व्यापकता हुँदा समेत कोरोना रोक्न नसकिएपछि भारतीय सरकारको समेत व्यापक बिरोध हुन थालेको छ । खासगरी समाजको पीँधमा बस्ने वर्गमा बढी कोरोना देखिएपछि भारतीय राजनीति प्रणालीमाथि समेत आलोचना शुरु भएको हो ।

याे पनि पढ्नुस  कैलाली–कञ्चनपुरका शंकास्पद ६६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

चीनले संक्रमणलाई ९० हजार भन्दा बढी जान नदिनु र भारतमा लकडाउन लगायतका प्रयास गर्दा समेत संक्रमण उच्च हुँदै जानुबाट भारतको आलोचना चुलिएको हो ।

कुन प्रदेशमा कति ?

कमेन्ट गर्नुहोस्