भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् ।

कर्मचारीतन्त्रमा सबैभन्दा उच्च अधिकारीमध्ये एक मानिने रक्षा सचिव अजय कुमारको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । योसँगै भारतीय रक्षा मन्त्रालय रहेको साउथ ब्लकमा ठूलो खैलाबैला मच्चिएको छ ।

याे पनि पढ्नुस  भारतमा आजसम्मकै उच्च संक्रमण, कोरोनाले तोड्यो रेकर्ड, केन्द्रीय मन्त्री गडकरी पोजिटिभ

नवभारत टाइम्सको समाचार अनुसार, सचिवलाई कोरोना देखिएपछि रक्षामन्त्री राजनाथ सिंहसहित कैयन् उच्च अधिकारी बुधबारका दिन मन्त्रालय गएनन् ।

रक्षा सचिवमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ भने साउथ ब्लकलाई सेनिटाइज गरिएको छ ।

समाचार अनुसार, विगत केही दिनय यता ३० जना मानिस उनको सम्पर्कमा आएका थिए । यी सबैलाई होम क्वारेन्टाइनमा रहन भनिएको छ ।

याे पनि पढ्नुस  दिल्ली रेड जोनबाट बाहिरः नीजि र सार्वजनिक यातायात सुचारू हुने, बजार पनि खुल्ने

रक्षा सचिव हालैमात्रै रक्षा मन्त्रीका सबै भिडियो बैठकमा सहभागी भएका थिए । उनको कार्यालय साउथ ब्लकको पहिलो तलामा मन्त्रीको कक्षसँगै रहको छ । यही तलामा सेना र नेभी प्रमुखका कार्यालय पनि छन् ।

कमेन्ट गर्नुहोस्