बिहानै थपिए १६ जना संक्रमित

काठमाडौंः बिहीबार बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तीमfर्फत जानकारी दिएका छन् ।

बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला, बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

याे पनि पढ्नुस  सङ्क्रमित बढ्दै जाँदा लकडाउनमा थप कडाई

स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्