प्रदर्शनकारीलाई समर्थन गर्दै ओबामाले भने, ‘यो अमेरिकी क्रान्ति हो, यो देश आन्दोलनकै जगमा निर्माण भएको हो’

वाशिङ्ग्गटनः अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले देशव्यापी आन्दोलनलाई समर्थन गर्दै प्रदर्शन जारी राख्न अपील गरेका छन् ।

प्रदर्शनकारीहरुमाथि बिभिन्न कोणबाट आलोचना भएप्रति लक्षित गर्दै ओबामाले अमेरिकाको निर्माण नै प्रदर्शन र आन्दोलनको जगमा भएको बताएका छन् ।

अहिले जारी प्रदर्शनबाट चिन्तित बनेकाहरुलाई अमेरिकाको इतिहास सम्झिन उनले आग्रह गरेका छन् । ‘याद राख्नुस्, यो देश प्रदर्शनकै जगमा निर्माण भएको हो । यसलाई अमेरिकी क्रान्ति भनिन्छ’, उनले भने ।

याे पनि पढ्नुस  अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

तर ओबामाले अहिलेको प्रदर्शनका मागहरू एकैपटक पुरा हुन नसक्ने समेत बताए । चार सय वर्षदेखिको नश्लवादी सोचाई एउटै झड्कामा अन्त्य हुन्छ भनेर सोच्न नहुने उनको भनाई छ । ‘आन्दोलन जारी राख्नुस्, यो म्याराथुन हो, अहिले नै सबै कुरा हल हुन्छ भन्ने कुरा नसोच्नुस् । यो लामो लडाईं हो । आशावादी बन्नुस्’, भिडियामा ओबामाले भनेको सिएननले जनाएको छ ।

याे पनि पढ्नुस  वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

अमेरिकामा एक साता भन्दा बढी समयदेखि आन्दोलन चर्किएको छ । एकजना अश्वेत नागरिकलाई प्रहरीले यातना दिँदा मृत्यु भएपछि चर्किएको आन्दोलन देशव्यापी बनेको छ ।

अमेरिकाका ५० भन्दा बढी शहरमा कर्फ्यू लगाइएको छ । तर प्रदर्शनकारीहरुले कर्फ्यूको समेत उल्लंघन गर्दै सडकमा आन्दोलनमा जारी राखेका छन् ।

याे पनि पढ्नुस  राजदूतावासमा गोली प्रहार

यसैबीच उक्त काण्डमा संलग्न चार जनै सुरक्षाकर्मीमाथि मुद्दा शुरु भएको छ । फोरेन्सिक जाँचमा भने जर्ज फ्लोइड नामक ती युवकको मृत्यु श्वासप्रश्वास बन्द भएर भएको देखिएको छ । सामान्य विवाद हुँदा प्रहरीले उनको घाँटीमा बुटले लामो समय थिचेपछि उनको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्