कोरोना कहरः अमेरिकालाई लगातार जित्दै ब्राजिल

काठमाडौंः कोरोना भाइरस संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्राजिलले लगातार दोस्रो दिन पनि अमेरिकालाई जितेको छ ।

बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो । तर दोस्रो स्थानको ब्राजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो ।

याे पनि पढ्नुस  बेलायतमा कोरोनाबाट दोस्रो नेपालीको ज्यान गयो

बिहीबार बिहान पनि ब्राजिलले अमेरिकालाई उछिनेको छ । ब्राजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिएका छन् । अमेरिकामा भने २० हजार ५७८ जना संक्रमित थपिँदा १ हजार ८३ मृतक थपिएका छन् ।

रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ ।

याे पनि पढ्नुस  स्वास्थ्य सामग्री ल्याउन चीन उड्यो हिमालय एयरलाइन्स

बुधबार विश्वमा १ लाख २१ हजार ४१३ संक्रमित थपिँदा ४ हजार ९२९ जनाको मृत्यु भयो ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६५ लाख ६८ हजार ५१० पुग्दा मृतक संख्या ३ लाख ८७ हजार ९५७ पुगेको छ । संक्रमितमध्ये ३१ लाख ६९ हजार बढी निको हुँदा ५४ हजार २ सयको अवस्था गम्भीर छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’: प्रतिनिधिसभा बैठक स्थगित

कोरोनाबाट प्रभावित विश्वका १० देश:

 

 

कमेन्ट गर्नुहोस्