फेरि थप १२ जनामा देखियो कोरोना

काठमाडौंः कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमितहरू वाडगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ वर्षीय पुरुष १ जना रहेका छन् । सोही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना गरी कुल ६ जनामा कोरोना भेटिएको हो ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका ७ कोरोना संक्रमित ?

यसैगरी यशोधरा गाउँपालिकाका ६ जना कोरोना देखिएको छ । गाउँपालिकाको वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यससँगै कपिलवस्तुमा मात्रै संक्रमित संख्या ४१४ पुगेकोे छ ।

याे पनि पढ्नुस  सोमबार एकैदिन थपिए २७४ संक्रमित, को कहाँको ? (सूचीसहित)

यसअघि बिहीबार बिहानै गण्डकी प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको थियो ।

२०७७/०२/२२बिहान ८:३० बजे कपिलवस्तुमा कोभिड १९ थप १२ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४१४…

Posted by Health Office, Kapilvastu on Wednesday, June 3, 2020

कमेन्ट गर्नुहोस्