दैलेखमा बस दुर्घटना, चालकको मुत्यु

महेन्द्रनगरः कञ्चनपुरबाट उद्धार गरिएका मजदुरलाई दैलेख पुगाएर फर्किदै गरेको बस दुर्घटनामा पर्दा चालकको मुत्यु भएको छ ।

जिल्लाको गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा सहचालक घाइते भएका छन्।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक लगेर गएको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । बसका सहचालक घाइते भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए ।

याे पनि पढ्नुस  कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

बुधबार साँझ करिब ५ बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मुत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ४० वर्षीय चालक कल्याणसिंह बोहरा रहेको प्रहरी प्रमुख वलीले बताए।

घाइते हुनेमा सहचालक भीमदत्त नगरपालिका-५ का ३५ वर्षीय जयरा अवस्थी रहेका छन्। बस के कारणले दुर्घटनामा परेको खुलेको छैन । घाइते सहचालकलाई उपचारका लागि सुर्खेत लगिएको छ।

कमेन्ट गर्नुहोस्