२ सैनिकसहित ५ जना कोरोना जितेर डिस्चार्ज

विरगञ्जः पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचाररत ५ जना डिस्चार्ज भएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनीहरू बिहीबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका ३ जना रहेका छन् । बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक डिस्चार्ज भएका छन् ।

याे पनि पढ्नुस  काठमाडौंबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

यस्तै पर्साको जिराभवानी गाउँपालिका-४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र वडा नम्बर १६ का ७० वर्षीय पुरूष डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले बताए ।

हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना भाइरसलाई पराजित गरि घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्