भीमदत्त नगरपालिकामा रिङरोड कालोपत्रे सुरू

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा चक्रपथ (रिङरोड) कालोपत्रे सुरू गरिएको छ । भीमदत्त नगरपालिकाको नगर गौरबको योजना चक्रपथको बाह्य चक्रपथको ब्रह्मेब तिल्केनी खण्डमा कालोपत्रे सुरू गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको ब्रह्मदेब तिल्केनी खण्डको जिरो पोइन्टमा कालोपत्रे निर्माण कार्यको शिलान्यास गरेका छन् ।

शिलान्यासपछि नगर प्रमुख विष्टले चक्रपथ कालोपत्रे निर्माण कार्यले वर्षौदेखिको नगर वासिन्दाहरुको सपना साकार हुन लागेको बताए । ‘चक्रपथ वर्षौदेखिको सपना हो, ब्रह्मदेब तिल्केनी खण्डमा कालोपत्रे सुरू गरिएको छ, अरु ठाउँमा पनि काम अघि बढेका छन्’ उनले भने, ‘अब नगर वासीको सपना साकार हुन लागेको छ, यसका लागि सहयोगी सबैमा धन्यवाद दिन चाहन्छौ ।’

नगर प्रमुख विष्टले बाह्य चक्रपथले भीमदत्त नगरलाई समृद्ध बनाउने, वन र जमिनको सीमा छु्ट्याउने, वासिन्दालाई यातायात सुविधा र विपन्न वासिन्दाको जीवन स्तरमा सुधार ल्याउने बताए ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकालाई कोराेना रोकथामका लागि लिटिल बुद्धद्वारा १ लाख सहयोग

‘यो मार्गलाई रणनीतिक सडकका रुपमा विकास गरी स्रोत मार्गको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ’ नगर प्रमुख विष्टले भने ।

२ वर्षमा बाह्य चक्रपथ कालोपत्रे गर्ने लक्ष्यका साथ ब्रह्मदेब तिल्केनी खण्डमा कालोपत्रे सुरु गरिएको छ । भीमदत्तका सबै १९ ओटै वडालाई यातायात सञ्जालसित जोड्न बाह्य चक्रपथ निर्माण गरिएको हो । बाह्य चक्रपथ ८३ किलोमिटर लम्बाईको छ ।

स्थानीय तह निर्वाचन निर्वाचनमा नगर प्रमुख विष्टले बाह्य र भित्री चक्रपथ बनाउने प्रतिवद्धता गरेका थिए । चुनावी प्रतिवद्धता अनुसार बाह्य र भित्री चक्रपथ निर्माणलाई प्राथमिकता दिइएको छ । २६ किलोमिटर भित्री चक्रपथको सर्भे गरिएको छ ।

ब्रह्मदेब तिल्केनी खण्डको तीन किलोमिटर सडक कालोपत्रेका लागि शनिदेब पिएस उच्चाकोटी जेभीले ठेक्का ५ करोड ६७ लाखमा ठेक्का दिइएको छ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले नाली, फुटपाथ सहितको कालोपत्रे कार्य एक वर्षमा सकिने बताए ।

याे पनि पढ्नुस  बलात्कारपछि फरार रहेका २ युवक पक्राउ

‘१८ मिटर सडकमा नाली, फुटपाथ र त्यो बाहिर वृक्षारोपण हुन्छ, ५ ओटा कल्भर्ट निर्माण बन्ने छन्’ उनले भने, ‘यसमा २/३ न ओटा ठूला पुल पनि बनाउनु पर्नेछ ।’

सडक कालोपत्रे सुरूभएपछि स्थानीय घाँडीघाँच क्षेत्र विकासमा फड्को मार्ने आश गरेका छन् । ब्रह्मदेबका स्थानीय शंकर सिह विष्टले सडकले उत्तरी क्षेत्रका वासिन्दालाई सुविधा पुग्ने बताए । ‘बाटो पुगेपछि फाइदा हुन्छ, बजार विस्तार हुन्छ, गाडी मोटर चल्छन्,’ उनले भने ।

रौटेलादेखि ब्रह्मदेबसम्मका निर्माण गरिएको धार्मिक पर्यटकीय मार्ग र शुक्लाफाँटा किनारको झोलुङ्गे पुलदेखि बाँगफाँटा शुक्लाफाँटा पर्यटन मार्गलाई जोडेर बाह्य चक्रपथ बनाउन लागिएको हो । अहिले भीमदत्त नगरपालिका-२, भीनपा १९, १५ र १४ मा बाह्य चक्रपथ निर्माण गरिएको छ ।

भीनपा-१९ देखि १५ सम्म सडक डिभिजन कार्यालयले ७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न लागेको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्र्तगत कालोपत्रेका लागि १० करोड ठेक्का गरिएको छ ।

याे पनि पढ्नुस  महाकाली अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

भीनपा-१४ मा सघन सहरी विकास कार्यक्रम अन्र्तगत शुक्लाफाँटा पर्यटन मार्गमा बाह्य चक्रपथ कालोपत्रे निर्माण गरिएको छ ।

भीनपा-२ मा भाँसी पुलदेखि काङला खोला किनार ६ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोलिएको छ ।

भीमदत्त नगरपालिका-९ का अध्यक्ष राम नाथले बाह्य चक्रपथ निर्माणले उत्तरी क्षेत्रमा यातायात सुविधा र पर्यटन विकासमा सहयोग पुग्ने बताए । ‘यो मार्गबाट उत्तरी क्षेत्रका वासिन्दालाई यातायात सुविधा त पुग्न नै छ, त्यसैगरी धार्मिक पर्यटन विकासको हुन्छ’ उनले भने, ‘यसबाट यो क्षेत्रको विकास हुन्छ, रोजगारका अवसर आउँछन्, जनतालाई फाइदा नै हुन्छ ।’

शिलान्यास कार्यक्रममा भीनपा-१० अध्यक्ष प्रमानन्द जोशी, निर्माण व्यवसायी देबीदत्त भट्ट सहभागी भएका छन् ।

कमेन्ट गर्नुहोस्