प्रहरीले घुँडाले घाँटी थिचेका जर्ज फ्लोयडमा कोरोना थियो

एजेन्सीः अमेरिकामा प्रहरीले नियन्त्रण लिने क्रममा मृत्यु भएका जर्ज फ्लोइडमा कोरोना भाइरसको पोजिटिभ देखिएको पुष्टि भएको छ ।

मे २५ मा प्रहरीका ४ अधिकारीले नियन्त्रणमा लिने क्रममा उनको मृत्यु भएको थियो ।

डेरेक शोभिनले उनको घाँटीलाई आफ्नो घुँडाले टेकेका कारण फ्लोइडलाई श्वासप्रश्वासमा गाह्रो हुँदा उनको मृत्यु भएको अनुसन्धानमा खुलेको छ । उनको मृत्यु भएको खबर सार्वजनिक भएयता अमेरिकाभर आन्दोलन भइरहेको छ ।

याे पनि पढ्नुस  ६ जिल्लामा ५ सय बढी संक्रमित, यी २ जिल्ला ‘कोरोना फ्री’

यसैबीच, फ्लोइडको परिवारले अटोपसी परीक्षण गराएको थियो । स्वाब परीक्षणकर्ताका अनुसार फ्लोइडको मृत्यु हुँदा उनमा भाइरसको कुनै लक्षण देखिएको थिएन ।

फ्लोडइमा भाइरसको संक्रमण देखिए पनि उनको मृत्युमा भाइरसको कुनै भूमिका नरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्