बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः लकडाउनबारे छलफल गर्नका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

केही बेरअअघि सुरू भएको बैठकमा लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लकडाउन मोडालिटी परिर्वतनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि छलफल गरेका थिए ।

याे पनि पढ्नुस  बालुटारमा मन्त्रिपरिषद्को बैठक जारी, के विषयमा हुँदैछ छलफल?

साढे महिना लामो लकडाउनले आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन अवज्ञा गर्नेको संख्या बढिरहेको छ ।

लकडाउन जारी रहे पनि नेपालमा कोरोना संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ । बिहीबार मात्रै ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  अष्ट्रेलियाको मेलबर्नमा ६ हप्ते लकडाउन सुरू

यो सँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ नाघेको छ । जसमध्ये २ सय ९० जना उपचारपछि निको हुँदा १० जनाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्