कोशी अस्पतालबाट एकै दिन २७ जनाले जिते कोरोना

मोरङः विराटनगरको कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रबाट २७ जना कोरोना जितेर घर फर्किएका छन् । ४ जना महिलासहित २७ जना बिहीबार कोरोना जितेर घर फर्किएका हुन् ।

निको हुनेमा उदयुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, धनकुटाका २, खोटाङका १ र सप्तरीका २ जना छन् ।

याे पनि पढ्नुस  कोशी अस्पतालमा थप १ संक्रमितको मृत्यु

डिस्चार्ज भएकाहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फूलको गुच्छा दिएर बिदाइ गरेका थिए ।

२७ जना संक्रमित डिस्चार्ज भएसँगै अस्पतालमा १४ जना संक्रमित उपचाररत छन् । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्