बुद्ध एयरले भाडा घटायो (भाडादरसहित)

काठमाडौंः हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ । बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १ सय ५ रुपैयाँसम्म भाडादर घटाएको हो ।

केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो ।

याे पनि पढ्नुस  श्री र बुद्धपछि यति एयरलाइन्सले पनि घटायो भाडादर

समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ । लकडाउनका कारण उडान बन्द भए पनि खुल्ने वित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको एयरलाइन्सले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्