बिहीबार थप ५ जनामा देखियो कोरोना

काठमाडौंः बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  २४ घण्टामा कोरोनाः अमेरिका भन्दा ब्राजिलमा बढी मृत्यु

संक्रमितहरू धनगढी फुलबारीकी २५ वर्षीय युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुष रहेका छन् ।

यसअघि बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घण्टामा ३३४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु, थ्रोट स्वाब परीक्षणका लागि अस्पताल पठाइयो

सम्बन्धित समाचारः

आज एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि

कमेन्ट गर्नुहोस्