कर्मचारीलाई दुर्व्यहार गर्नेमाथि कारवाही गर्न माग

काठमाडौंः निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले कर्मचारीलाई सांघातिक हमला तथा दुर्व्यहार गर्नेमाथि कारवाही गर्न माग गरेको छ ।

कोरोना महामारीविरुद्व अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि हमला भइरहेको भन्दै युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलद्वारा बिहीबार जारी विज्ञप्तीमा दोषीमाथि तत्काल कडा कारवाही गर्न माग गरिएको छ ।

याे पनि पढ्नुस  निजामती कर्मचारीको संख्या कटौती हुन्छः मन्त्री पण्डित

साथै घाइतेको निशुल्क उपचार गर्न माग गर्दै युनियनले सुरक्षा व्यवस्था मिलाउँदै राष्ट्रसेवकको मनोवल उच्च बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

जेठ १८ गते डोटीको शिखर नगरपालिकामा कार्यरत अ.हे.व रमेश कुँवर, बुधबार रौतहटको वैरिया मदरसा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्य संयोजक खुर्सेद आलमलगायत तीन स्वास्थ्यकर्मी र बुधबार नै दैलेखको भैरवी गाउँपालिका–४ को क्वारेन्टाइनमा कार्यरत प्रशासकीय अधिकृत हिरासिंह थापामाथि कुटपिट भएको थियो ।

याे पनि पढ्नुस  निजामती विधेयकविरुद्व कर्मचारीः आज छातीमा मागपत्र टाँसेर काम गर्ने

कमेन्ट गर्नुहोस्