सकियो मन्त्रिपरिषद् बैठक, लकडाउनबारे के भयो निर्णय ?

काठमाडौंः लकडाउनबारे छलफल गर्नका लागि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

बैठकमा लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल भएको बताइएको छ । बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  कीर्तिमानी पदक विजेता गौरिकाले ५९ लाख पाउने !

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लकडाउन मोडालिटी परिर्वतनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि छलफल गरेका थिए । चैत्र १० गतेदेखि जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन अवज्ञा गर्नेको संख्या बढिरहेको छ ।

याे पनि पढ्नुस  लकडाउनमै अस्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

लकडाउन जारी रहे पनि नेपालमा कोरोना संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ । बिहीबार मात्रै ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ नाघेको छ । जसमध्ये २ सय ९० जना उपचारपछि निको हुँदा १० जनाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्