बिहीबार राति थप १७ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा बिहीबार राति थप १७ जनामा कोरोना देखिएको छ ।

उनीहरू सबै कपिलवस्तुका रहेका छन् । योसँगै कपिलवस्तुका कोरोना संक्रमितको संख्या ४३१ पुगेको छ ।

संक्रमितहरू जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का वर्ष १९ र २३ का पुरुष २ जना, वडा नम्बर ६ का वर्ष १८, २३, २८, ५०, ५२ का पुरुष ५ जना रहेका छन् ।

याे पनि पढ्नुस  सनसिटीमा बस्ने २९६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट आयो

त्यस्तै, नगरपालिकाको वडा नम्बर ७ का वर्ष १९ का पुरुष १, वडा नम्बर १० का बर्ष १७, १८, २२, २३, २८, ३०, ३२, ४० का पुरुष ८ र वडा नम्बर ११ वर्ष ३६ का पुरुष १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्