खुतुर्केको पैसाले जन्मदिनमा सहयोग

कैलालीः धनगढी उपमहानगरपालिका–२ निवासी १२ वर्षीया प्रदिति चन्दले लकडाउनका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत खरिदका लागी नगद सहयोग गरेकी छन् । जेसिस एभरेस्ट स्कुलमा ७ मा अध्यायनरत चन्दले राहत स्वरुप रकम सहयोग गरेकी हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर प्रदितिले कैलालीका खेलाडीहरूलाई राहत उपलब्ध गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीलाई सहयोग गरेकी हुन् । केही बर्षदेखि १÷१ रुपैयाँ गरेर खुतुर्केमा राखेकी प्रदितिले जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् ।

याे पनि पढ्नुस  पाल्पाका आगलागी पीडितलाई एनआरएनए युएईको सहयोग

विभिन्न समाचारमा समस्यामा परेको सुन्ने र घरबाट सहयोग गर्नुपर्छ भन्ने प्रेरणा पाएकी प्रदितिले आज जन्मदिनको अवसर पारेर सहयोग गरेकी हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दकी छोरी प्रदितिले समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भनेर बिभिन्न समाचारमा देखेकाले आफुलेपनि केही सहयोग गरेको बताइन् । सानै उमेरदेखी सहयोगी बन्नुपर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्