यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ४ निर्णय (सूचीसहित)

काठमाडौंः बिहीबार बसेकोे मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने कानूनमन्त्री शिवमाया तुम्बाम्फेले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लकडाउन मोडालिटी परिर्वतनबारे विभिन्न क्षेत्रका विज्ञहरूसँग पनि छलफल गरेका थिए । चैत्र १० गतेदेखि जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन अवज्ञा गर्नेको संख्या बढिरहेको छ ।

याे पनि पढ्नुस  लकडाउनमै छापियो साढे ३ लाख अनुमतिपत्र

लकडाउन जारी रहे पनि नेपालमा कोरोना संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ । बिहीबार मात्रै ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो सँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ नाघेको छ । जसमध्ये २ सय ९० जना उपचारपछि निको हुँदा १० जनाले ज्यान गुमाएका छन् ।

याे पनि पढ्नुस  डब्ल्यूएचओको चेतावनीः हतारमा लकडाउन हटाउनु घातक हुनेछ

अन्य निर्णयः

बैठकले रोल्पामा बम विस्फोटबाट मृत्यु भएका ४ बालबालिकाका परिवारलाई ५/५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।

गत वैशाख १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा भुइँमा गाडिएको बम पड्किँदा स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजय तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरवको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्रै

यस्तै आजको मन्त्रिपरिषद् बैठकले संस्कृति पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसैगरी सामाजिक सुरक्षा ऐन संशोधन गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई यथावत रुपमै राखी कार्यन्वयन गर्ने पनि निर्णय भएको छ ।

बैठकमा विदेशबाट नेपाल ल्याइने नागरिकको बारेमा छलफल भएपनि निर्णय हुन सकेन ।

कमेन्ट गर्नुहोस्