को हुन् नेपालमा कोरोनाबाट मृत्यु हुने ११औं व्यक्ति ?

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीले कोरोनाबाट एकजनाको मृत्यु भएको शुक्रबार बिहान विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

याे पनि पढ्नुस  बाँके–बर्दियालाई कर्णालीमा मिसाउन सकिने सम्भावना छः मुख्यमन्त्री शाही

को हुन् उनी ?

नेपालमा कोरोनाबाट मृत्यु हुने ११औं व्यक्ति सुर्खेतको पन्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय युवक हुन् ।

ती युवक सोही नगरपालिकाको वडा नं.९ मा विद्यापुरमा रहेको जनता माद्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा जेठ ८ गतेदेखि बस्दै आएका थिए ।

जेठ २१ गते आरडिटी जाँच नेगेटिभ आएपछि र कोरोनाको कुनै लक्षण नदेखिएपछि उनलाई होम क्वारेन्टाइनमा बस्ने गरि पठाइएको थियो । तर, घर पठाइएको राति नै जेठ २२ गते बिहान सवा २ बजे उनको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  सुर्खेतमा जिप दुुर्घटनाः तीनको मृत्युु, चार गम्भीर घाइते

मृत्युपछि गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेत प्रादेशिक अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख तिवारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्