कोरोना संक्रमण र मृत्युमा ब्राजिल शिर्ष स्थानमा

काठमाडौंः पछिल्लो ३ दिनयता ब्राजिलमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक थपिएका छन् । कोरोना संक्रमण र मृत्युमा लगातार तीन दिनयता अमेरिकालाई उछिन्दै ब्राजिल शिर्ष स्थानमा छ ।

बिहीबार ब्राजिलमा ३१ हजार ८९० जना संक्रमित थपिँदा १ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा २२ हजार २६८ संक्रमित थपिएका छन् भने एक हजार ३१ जनाको मृत्यु भयो ।

याे पनि पढ्नुस  फेरि बन्द हुँदै सपिङ मल

मृतक संख्यामा मेक्सिकोले पनि अमेरिकालाई पछि पारेको छ । मेक्सिकोमा बिहीबार एक हजार ९२ जनाको मृत्यु भयो ।

विश्वमा संक्रमितको हिसाबले १४औं स्थानमा रहेको मेक्सिकोमा १ लाख १ हजार २३८ जना संक्रमित छन् । तर २४ घण्टामा संक्रमितको संख्या ३ हजार ९१२ बढेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा ३ जनाको आरडिटी पोजेटिभ

रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ । रुसमा ८ हजार ३३१ जना संक्रमित थपिँदा १६९ जनाको मृत्यु थपिएको छ ।

भारत भने तेस्रो स्थानमा रह्यो । भारतमा अहिलेसम्मकै बढी १० हजार ३३८ जना नयाँ संक्रमित थपिँदा २५९ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टाइनमा

बिहीबार कुन देशमा कति संक्रमित थपिए र कतिको मृत्यु भयो ?

कमेन्ट गर्नुहोस्