म्यानमारबाट उद्धार गरिएका २६ जना वसुन्धाराको होल्डिङ सेन्टरमा

काठमाडौंः म्यानमारबाट उद्धार गरिएका २६ नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरूलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरूले बढीमा एक रात बस्नुपर्नेछ ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान भ्रमणमा जाने

त्यसपछि उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरूमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरूको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्ने छ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ ।

कमेन्ट गर्नुहोस्