पाकिस्तानमा कोरोना संक्रमितको संख्या ८९ हजार नाघ्यो

काठमाडौंः पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४ हजार ८ सय संक्रमित थपिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार मात्र यहाँ ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो ।

पाकिस्तानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७० जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले यो भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ रहेको पनि जनाएका छन् ।

याे पनि पढ्नुस  लाइभ बहस चलिरहँदा एक विश्लेषक कुर्सीबाट पछारिए (भिडियो सहित)

यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन् । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन् ।

यहाँ कोरोना भाइरसका प्रभावितहरूको संख्या प्रति दिन बढिरहेको भए पनि यहाँका प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्