यूएईबाट १६८ यात्रु लिएर नेपाल उड्यो एअरअरेबिया जहाज, नेपाली दूतावासलाई धोका

यूएईः यूएईबाट १ सय ६८ जना यात्रु लिएर एअरअरेबियाको जहाजले शुक्रबार नेपाल उडान भरेको छ ।

यूएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार ट्रान्सगार्ड सेक्युरेटि कम्पनीका ७९ जना इजाजा कम्पनीका ६७ जना र अन्य गरि जम्मा १६८ जना नेपाली नागरिक लिएर एयर अरेवियाको फ्लाईट नं जि नाइन १७५१ नम्वर नेपाल गएको यूएई स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

दूतावासले भिजिट भिसामा आएर अलपत्र परेका वृद्धावस्थामा रहेका, गर्भवती महिला र कोरोना बाहेकका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका लगाएतका नागरिकलाई प्राथमिकताको आधारमा पहिलो फ्लाइटबाट पठाउन भनी यूएईको सम्बन्धित निकाएमा पत्र पठाएको भए पनि त्यसको ब्यवास्था गर्दै पहिलो चरणमा कम्पनीमा कार्यरत नेपालीलाई लिएर गएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

याे पनि पढ्नुस  यूएईमा कोरोना संक्रमणमा परेका २ नेपालीको सफल उपचार

‘हामीले पठाएको नाम सूचीअनुसार नै लैजाने प्रतिबद्धता सहितको नोट हामीलाई प्राप्त भएको थियोे’ दूतावासका एक अधिकारीले भने, ‘त्यही अनुसारको तयारीमा हामी थियौं । तर, अन्तिममा धोका भयो जानैपर्नेहरू रोकिए ।’

शुक्रबार भएको उडानमा प्राथमिकताका नेपाली नपरेको बारेमा दूतावासले नेपालको सम्बन्धित निकाएलाइ जानकारी गराएको स्रोतले जनाएको छ।

याे पनि पढ्नुस  दोस्रो इच्छा अवार्ड–२०१९ यूएईमा सम्पन्न

स्रोतका अनुसार आजको उडान बारे दूतावासलाई औपचारिक जानकारी नभएको र अन्तिममा मात्रै जानकारी प्राप्त गरेको हुँदा एअरपोर्ट पुगेका नेपाली अलपत्र नपरुन भनेर तत्काल कोरोना भाइरसको आरडिटी परिक्षणको लागि पहल गरेको जनाएको छ ।

शुक्रबार नेपाल फर्किएकाहरूले बिमानस्थलमा नै परिक्षण गरि कम्पनीकै खर्चमा गएको स्रोतले जनाएको छ।

याे पनि पढ्नुस  यूएईमा अलपत्र १ सय ४८ नेपाली चार्टर्ड उडानमार्फत् नेपाल फर्किए

यूएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेको छ भने दूतावास स्रोतका अनुसार यूएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्