कोरोना जितेर घर फर्किए ३३३ संक्रमित, कुन प्रदेशमा कति डिस्चार्ज? (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) को उपचार गराएर घर फर्कंनेको संख्या  बढिरहेको छ ।

आज मात्रै विभिन्न जिल्लाका ४३ व्यक्ति कोरोना जितेर घर फर्किँएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ सय ३३ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना कहरः तपाईंको प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

बिहीबार १२ जना कोरोना उपचारपछि डिस्चार्ज भएका थिए ।

कुन प्रदेशमा कति व्यक्ति डिस्चार्ज ? 

प्रदेश १ मा ७६ जना

प्रदेश २ मा १२१ जना

बागमति प्रदेशमा ३२ जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ९२ जना

सुदूरपश्चिम प्रदेशमा ७ जना

याे पनि पढ्नुस  कोरोना आशंका गरिएका मृतकको पिसिआर रिपोर्ट आयो

कर्णली प्रदेशमा २ जना

कमेन्ट गर्नुहोस्