राहत वितरणमा अब्ब्ल अबुधाबी राहत वितरण समूह

यूएईः कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरूलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समूह अब्बल देखिएको छ ।

सीमित साधन र स्रोतकाबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समूहले स्वतस्फूर्त रुपमा सुरू गरेको राहत अभियानले प्रभावकारीरूपमा पीडित नेपालीको कोठाकोठा पुगेर राहत वितरण गरेपछि अबुधाबीमा यो समूहप्रतिको विश्वास चुलिएको छ ।

यो समूहले गत अप्रिल १४ तारिखबाट राहत वितरण सुरू गरेकोमा अहिलेसम्म करिब ३ सय स्थानमा समस्यमा परेका १ हजार ६ सय जना नेपालीलाई राहत वितरण गरिएको अभियन्ता दुर्योधन कार्कीले बताए ।

यूएईमा अन्य सामाजिक संस्थाले पनि राहत वितरण गरिरहेको अवस्थामा अबुधाबी क्षेत्रमा वास्तविक पीडित नेपाली धेरै रहेको र सबै पीडिले राहत पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै आफूहरूले स्वतस्फूर्त रकम संकलन गरी राहत वितरण सुरू गरेको अभियन्ता महेश श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  औँठी–आइफोन हातमाः राहतको लाममा !

पहिला आफ्नै खल्तीको रकमबाट खाद्यान्न खरिद गरी कामविहीन भएका, भिजिट भिसामा आएर अलपत्र परेका पीडित नेपालीहरूलाई राहत स्वरुप चामल, दाल, तेल, आलु, प्याज, नुन आदिको पूर्ण खाद्यान्न प्याकेज उपलब्ध गराएको अभियन्ता प्रकाश पौडेलले जानकारी दिए ।

यो समूहबाट वितरण गरिएका सामग्रीमा चामल ७ हजार किलो, दाल ३ हजार किलो, तेल २ हजार लिटर, आलु ३ हजार ५ सय किलो, प्याज ३ हजार किलो नुन २ हजार किलो, सोयाबिन ५ सय किलो, हल्दी र मसला ५ सय किलो रहेको अभियन्ता कार्कीले बताएका छन् ।

याे पनि पढ्नुस  यूएईमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गयो

यो समूहलाई यूएईमा रहेका मनकारी दाताहरूबाट लगभग ११ हजार ५ सय दिराम (३ लाख ६८ हजार रुपैयाँ) सहयोग प्राप्त भएको र मूल समितीबाट ६ हजार १ सय दिराम (करिब लाख रुपैयाँ) संकलन भएको बताइएको छ । दाताबाट छुट्टै ३० हजार दिराम बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध भएको जनाइएको छ ।

यो समूहलाई नेपाली दूतावास अबुधाबीबाट ५० पोका लुलु हाइपरमार्केटले प्रदान गरेको खाद्यान्न प्याकेट प्राप्त भएको र समूहको मूल समितिबाट पनि ५० ब्याग ५० खाद्यान्न प्राप्त भएर वितरण गरिसकेको अभियन्ता कार्कीले जनाएका छन् ।

पछिल्लो समय दाताले प्रदान गरेको रकमबाट करिब ६ हजार दिरामको सामग्री खरिद गरिएको र समितिमा अहिले ५ हजार ५ सय दिराम बचत रहेको र यो रकमले आगामी १० दिनसम्म राहत वितरण गर्न सकिने मुल समितिले अनुमान गरेको छ । यो समूहले डाबर इन्टरनेसनलबाट प्राप्त च्यावनप्रास, साबुन, महज तुथ्पेस्ट पनि वितरण गरेको थियो ।

याे पनि पढ्नुस  यूएईमा कोरोना संक्रमित नेपालीको अवस्था स्थिर

अबुधाबी क्षेत्रमा कोही नेपाली भोको नरहोस् भन्ने उदेश्यले स्वतस्फूर्त रुपमा संचालित अभियानमा युएईमा कार्यरत उच्च तहका नेपाली कामदार, ब्यावसायी, पत्रकार र सर्वसाधारण नेपाली पनि छन् ।

सहयोगी दाताद्वारा प्राप्त राहतलाई पीडित नेपाली समक्ष पुर्‍याउन पुलको काम गर्ने अबुधाबी राहत समुहमा दुर्योधन कार्की, मनोज सैजु, राजेश श्रेष्ठ, महेश श्रेष्ठ, उमाकान्त पान्डे, रुपेश अधिकारी, कृष्ण गौतम, शन्कर राज घिमिरे, पुर्ण डुम्रे, मनोज श्रेष्ठ, भिम श्रेष्ठ लगायतका व्याक्तित्व छन् ।

कमेन्ट गर्नुहोस्