क्वारेन्टाइनमा मृत्यु भएका वुद्धको पीसीआर रिपोर्ट आयो

काठमाडौंः जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय वृद्धको पीसीआर रिपोर्ट आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वुद्धको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

चन्दननाथ नगरपालिका–८, धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेका वृद्धको बिहीबार राति ९ बजे मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  जब अध्याँरोमा जून देखियो...

मृतक वृद्ध बुधबारदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्