‘अबको बाटो सम्वर्दनवादको धरातलमा लोकतन्त्र’

कोभिड-१९ को महामारी भन्दा अगाडि दैनिक १५ सयदेखि २ हजारसम्म नेपाली युवा विदेश पलायन हुने गरेका थिए । युवा विदेश पलायनकै कारण नेपालको उन्नति, प्रगति र विकासमा ठूलो बाधा पुगिरहेको अबस्थामा हाल कोभिड-१९ को महामारी कै कारण छिमेकी राष्ट्र भारत लगायत विश्वका विभिन्न देशबाट स्वदेश फर्किनेको संख्या झण्डै लाखौं पुग्दैछ ।

बिभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनबाट स्थापित भएका राजनीतिक दलहरूले गरिबि र रोजगारीका नारा लगाएर जनतालाई उचाल्ने काम गरिरहे तर अब देशले ठूलो समस्याको सामना गर्नुपर्ने कठिन दिनहरू हाम्रा सामु खडा भएको छ ।

देशको वर्तमान अवस्थाको समीक्षा गरौं । नेपालको इतिहासमा अनेक उतारचढावहरू आए/गए शासकहरू फेरिए, ब्यवस्था र ब्यक्ति राम्रो नराम्रो जे भए पनि नेपालले स्वतन्त्रता, अखण्डता र एकता सदैव अक्षुण्ण रहेको थियो ।

नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको सनातन हिन्दुराष्ट्र एवम् नेपाली समाजको अस्तित्व र एकताको आधारको रुपमा रहेको हिन्दुत्व विस्थापित भएको छ । समग्र अर्थतन्त्र कमजोर भएको छ । प्रजातन्त्र स्वंम सुदृढ हुन सकेको छैन् । प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रवामपन्थि धरापमा पर्न सक्ने तथा अधिनायकवाद हाबी हुन सक्ने खतरा कायम नै छ । राज्यको प्राय सबै संयन्त्रहरू पार्टीकरणको तिव्र चपेटामा परेर निष्प्रभावी बन्दै गइरहेको छ । भ्रष्टचार अत्यन्तै डर लाग्दो रोगको रुपमा देखिएको छ ।

गरिब/धनीबिचको खाडल फराकिलो हुदैछ र निरपेक्ष गरिबिको रेखामुनि बस्ने जनताको संख्या अपेक्षित रुपमा घटन सकेको छैन् । आखिर यस्तो किन भयो ? सदियौं देखिको दासताबाट नेपालि जनतलाई मुक्त तुल्याउने लक्ष्य बोकेर सुरु भएको अभियान किन विपरित दिशातर्फ मोडियो ? मुलुकमा आमुल परिवर्तनको नारा दिएर २०५२ सालमा सुरु भएको हिंसात्मक द्नन्द र २०६२/०६३ को जन आन्दोलन पश्चात् हामि कहाँ जान हिँडेका थियौं र अहिले कहाँ आइपुगेका छौं । यसको समीक्षा अब आम नेपाली जनताहरूले इमान्दारपूर्वक गर्नु पर्दछ ।

याे पनि पढ्नुस  लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन काँग्रेस सक्षमः नेता कोइराला

चुनावको मतको प्रयोग गर्नुपुर्व आफ्नो अन्तरात्मा संग यो प्रश्नको जवाफ खोज्नु प्रत्येक नेपाली मतदाताहरूको राष्ट्रिय दायित्व हो। यो अबस्था सिर्जना हुनुमा केवल केही पात्रहरूको कमजोरी मात्र होइन । निश्चय पनि नेतृत्वमा रहेका पात्रहरूको अकर्मण्यता र सत्तालिप्साको भुमिका महत्वपुर्ण रहेको छ । गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरूप देश अहिले संकटको चक्रव्यूह मा नराम्रोसँग फसेको छ । कुनै पनि मुलुकको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र समग्र राष्ट्रिय अस्तित्व शून्यमा खडा भएको हुँदैन केही निश्चित मूल्यमान्यता र आधारस्तम्भको जगमा देश बनेको हुन्छ ।

सदियौंदेखिको अभ्यासबाट कायम भएको नेपालको अस्तित्वको आधारलाई विकल्पको राम्रो सोचाई र तयारीबिना नै हढात ध्वस्त बनाउने काम भयो । विगतका मान्यता , परम्परा र संस्थालाई विस्थापित गरेपछि उत्पन्न रिक्तता लाई ठीक ढ्ंगबाट समायोजन र व्याबस्थापन गर्न नसक्नु नै वर्तमान संकटको मुख्य कारण हो ।

शान्ति स्थायित्व , सामाजिक न्याय र समावेसि प्रजातन्त्र जस्ता आन्दोलनको भावना राम्रै भएता पनि गलत मार्गचित्रको कारणले अपेक्षित सफलता प्राप्त हुन सकेन । दिगो शान्तिको स्थापना, प्रजातन्त्रको सुदृढीकरण जनताद्रारा छानिएका प्रतिनिधिबाट संविधानको निर्माण र मुलुकको समग्र आर्थिक विकास आन्दोलनको वास्तविक गन्तव्य थियो । तर, गलत बाटो, गलत नीति र सत्तामुखि चिन्तनको संवाहकहरूको कारण ले गर्दा आज आएर हामि जहाँ हिडेका थियौं अहिले ठीक विपरीत गन्तव्यमा पुगेका छौँ । यही अवधिमा प्रजातान्त्रिक युगमा प्रवेश गरेका कतिपय देश अहिले विकसित र सम्पन्न राष्ट्र भइसकेका छन्। तर, हामी अझै राज्य व्यवस्था निर्माणको प्रारम्भिक अभ्यासमा नै छौँ । आखिर किन यस्तो भइरहेको छ? यस प्रश्नको जवाफ खोज्ने गम्भीर प्रयास कहिल्यै भएन ।

याे पनि पढ्नुस  वर्तमान सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यतः सभापति देउवा

प्रजातन्त्रप्रतिको लगाव वा चाहाना नभएको होइन । संघर्ष गरेर प्रजातन्त्र प्राप्त हुन्छ । तर, केही वर्ष प्रजातन्त्र का संवाहक  स्वयम् नै प्रजातान्त्रिक मूल्य मान्यता ध्वस्त पार्न जानेर वा नजानेर क्रियाशिल रहेका छन् । प्राप्त भएको प्रजातन्त्रलाई किन हामी संस्थागत गर्न सकिरहेका छैनौं? नेपाल विभिन्न धर्म, जाति, संस्कृति, भाषा र भेषभुषा भएको राष्ट्र हो ।अनेकतामा एकता नै हाम्रो राष्ट्रियताको सुदृढ आधारस्तम्भ हो । देश अहिले संकटको चक्रव्यूहमा फसेको आभास हुन्छ । एकातिर देशभित्रको विश्व महामारी रोग कोभिड-१९ को संकट चुलिएको अबस्था छ भने अर्कोतर्फ अन्ताराष्ट्रिय परिस्थिति समेत चुनौती पुर्ण बन्दै गएको छ । यो अवस्थाबाट मुलुकलाई कसरी मुक्त तुल्याउने? त्यसको नेतृत्व कसले लिने? के हाल क्रियाशिल प्रमुख राजनीतिक दलहरू यो जिम्मेवारी वहन गर्न संक्षम छन्? दुखका साथ भन्नु पर्छ ।

विधमान संकटबाट राष्ट्रलाई मुक्त तुल्याउन सक्ने नैतिक, वैचारिक एवम् संगठनात्मक हैसियत प्रमुख भनिने राजनीतिक दलले गुमाई सकेको अबस्था रहेको छ्। यी राजनैतिक दलहरुमा देशलाई विधमान संकटबाट मुक्त तुल्याउन सक्ने दुरगामी सोचाई, संक्षम नेतृत्व र इमानदारीताको सर्वथा अभाव रहेको महसुस भएको छ । त्यसैले आफुलाई प्रमुख भन्ने राजनैतिक दलहरु भित्र अहिले घोर गुठबन्दी, ब्रम्हालुट को अप्रजातान्त्रीक चरित्र कायम रहेको छ्। यसैकारण विश्वमानचित्रमा नेपाल एउटा प्वाल परेको कचौरा बोकेर हिड्ने माग्नेको नयाँ रुप हुन थालेको छ भने यस्तो अबस्थामा पनि कथित  “अग्रगामी ” हरू देशको साधन श्रोतको दुरुपयोग गर्न कसिएर लागेका छन् । यही प्रवृत्ति कायम रहयो भने नेपाल केही बर्षमा नै दक्षिण एशियाकै सबैभन्दा गरीब देश हुन पुग्ने निश्चित छ्।

याे पनि पढ्नुस  जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्रः पूर्वराष्ट्रपति यादव

निष्कर्षमा भन्नुपर्दा नेपाल मा २००७ साल २०४६ साल र २०६२/०६३ को जन आन्दोलन बाट स्थापित राजनैतिक दलहरुको शासन सत्ता जनताले हेरीसके जति-जति परिवर्तन हुँदै गयो त्यति त्यति नेपाली जनता ले रोग, भोग, सोक, गरीबी र बेरोजगारीको कष्टकर जीवन विताउनु परिरहेको छ । यति मात्र होइन परिवर्तनबाट स्थापित यिनै राजनैतिक दलहरुको असक्षमताका कारण आज मुलुकको भूगोलमाथि आक्रमण भएको छ । नेपालको झण्डै ६० हजार हेक्टर जमिन छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको छ । विदेशी हस्तक्षेप बढेर गएको छ । आज नेपालको स्वाभिमान गिरेको छ ।

नेपाल र नेपालिको सार्वभौमसत्ता माथि गम्भिर चुनौती खडा भएको छ । आज हामी यो अबस्थामा आइपुग्दा खेरी राष्ट्र, राष्ट्रियता र नेपाली जनताको बृहत् हित तथा सम्मुन्नतिको लागि राष्ट्रिय एकताको भावनाबाट एकताबद्द भएर अगाडी बढ्नु नै आजको टड्गारो आवश्यकता हो । सम्पूर्ण नेपाली अटाउने सबै नेपालीको भावनाको कदर हुने सम्पूर्ण जातजाती धर्म, सम्प्रदाय ले अपन्त्व महसुस गर्ने ब्यवस्थाको प्रादुर्भाव गरौं। यसैमा हामी सम्पूर्ण नेपालीहरूको भलो हुनेछ ।

कमेन्ट गर्नुहोस्