शनिबार साँझ थप २७ जनामा कोरोना संक्रमण

सर्लाहीः सर्लाहीमा शनिबार थप २७ जना कोरोना भाइरस संक्रमित देखिएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार रामनग गाउँपालिका, विष्णु गाउँपालिका र ईश्वरपुर नगरपालिकामा २७ जना संक्रमित देखिएका हुन् ।

रामनगर गाउँपालिकामा १३ जना, विष्णु गाउँपालिकामा ११ जना र ईश्वरपुर नगरपालिकामा ३ जना संक्रमित फेला परेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । संक्रमित पुष्टि हुनेमा १ जना महिला र बाँकी पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  परीक्षणको दायरा बढाउन माग

यो सँगै सर्लाहीमा संक्रमितको संख्या १ सय ७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्