काठमाडौं उपत्यकाका ७ जना संक्रमित थपिए

काठमाडौंः शनिबार काठमाडौं उपत्यकाका ७ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरू काठमाडौं महानगरपालिकामा चार जना रहेका छन् । दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरू २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाको नयाँ रेकर्ड, कहाँ कति ? (सूचीसहित)

त्यस्तै, काठमाडौं स्थायी ठेगाना भएका १८ र ३८ वर्षीय दुईजना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । उनीहरु दुबैजना हाल कञ्चनपुरमा रहेका छन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जना ३१ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्