काठमाडौंमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौंः काठमाडौंमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४० जना संक्रमित हुँदा काठमाडौंमा मात्रै ३१ संक्रमित छन् । उपत्यकाको भक्तपुरमा ६ र ललितपुरमा ३ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै नेपालमा थप ३२३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमा ४ जना काठमाडौंका रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा रात्रिबस सञ्चालनः कानुन बन्यो, तर कार्यान्वयन भएन

योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ३१ पुगेको हो । संक्रमितमध्ये ५ जना उपचारपछि निको भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि कोरोना बिरामीमुक्त काठमाडौंमा फेरि संक्रमित फेला पर्न थालेका छन् । कोरोना बिरामीमुक्त भएपछि लकडाउन खुकुलो पारिनु तथा बाहिरका जिल्लाबाट सहजै आवागमन भएपछि यहाँ संक्रमणको जोखिम बढेको जानकारहरू बताउँछन् ।

याे पनि पढ्नुस  को हुन् सोमबार थपिएका ७२ जना संक्रमित ?

नेपालमा हालसम्म सङ्क्रमितको कुल सङ्ख्या ३२ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भइसकेको छ भने ३६५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्