काठमाडौंः संक्रमितको संख्यामा भारत विश्वको सबैभन्दा बढी प्रभावित छैटौं देश बनेको छ । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पछाडि पार्दै सबैभन्दा बढी प्रभावित छैटौं देश बनेको हो ।
भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ४६ हजार ६६२ पुगेको छ । संक्रमितमध्ये ६ हजार ६४६ को मृत्यु भएको छ भने १ लाख १८ हजार ६९५ जना निको भइसकेका छन् । देशमा १ लाख २० हजार ९६८जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५२१ नयाँ संक्रमित थपिँदा २९७ जनाको मृत्यु भएको छ । संक्रमित र मृतक संख्या अहिलेसम्मकै उच्च हो । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।
संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी ब्रजिलमा २७ हजार ५८१, दोस्रो स्थानको अमेरिकामा २२ हजार ७५३ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ८५५जना संक्रमित भएका छन् ।
कुन राज्यमा कति ?