पाकिस्तानका पूर्व प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीमाथि बलात्कार र हिंसाको आरोप

साङ्केतिक तस्वीर ।

काठमाडौंः एक अमेरिकी महिलाले एक पूर्व पाकिस्तानी प्रधानमन्त्री र एक पूर्व गृहमन्त्रीको विरूद्ध धेरै गम्भीर आरोप लगाएकी छन् ।

बीबीसी हिन्दीले पाकिस्तानको जंग समाचार पत्रलाई उदृत गर्दै प्रकाशित समाचारअनुसार पाकिस्तानमा १० बर्ष भन्दा बढी समयदेखि बसिरहेकी अमेरिकी महिला सिन्थिया रिचीले पीपीपीका वरिष्ठ नेता र पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीमाथि यौन हिंसाको आरोप लगाएकी छन् ।

तर अझ गम्भीर आरोपहरुमा पीपीपी नेता र पूर्व गृहमन्त्री रहमान मलिकमाथि लगाइएको छ । सिन्थियाले आफूलाई मलिकले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमै बलात्कार प्रकरणः के हो वास्तविकता ?

सिन्थिया आफूलाई पत्रकार, सामाजिक कार्यकर्ता र पेशाबाट ब्लगरको रूपमा चिनाउँछन् ।

उनी खैबर पख्तूनख्वा सरकारको पुरातत्व विभागमा काम गर्छिन् र यसबाहेक उनी धेरै गैरसरकारी संस्थाहरूसँग पनि सम्बन्धित छन् ।

सिन्थियाले फेसबुकमा भिडियो जारी गर्दै यी आरोप लगाीका छन् । त्यस पछि उनले ट्विटरमा यसबारेमा धेरै कुरा भनेकी छन् ।

पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानी ।

सिन्थियाका अनुसार यो घटना २०११ मा भएको थियो, जब पाकिस्तानमा पीपीपीको सरकार थियो र रहमान मलिक त्यतिबेला गृहमन्त्री थिए । उनले पूर्व स्वास्थ्य मन्त्री मखदूम शहाबुद्दीनलाई पनि यौन हिंसाको आरोप लगाएकी छन् ।

याे पनि पढ्नुस  दाजुलाई गाडीबाट उतारेर बालिकालाई बलात्कार गर्ने चालक पक्राउ

अखबार जंगका अनुसार युसुफ रजा गिलानीले पार्टीले सिन्थिया रिचीविरुद्द कानुनी कारबाही गर्ने प्रतिक्रिया दिएका छन् ।

युसुफ रजा गिलानीका छोरा अली हैदर गिलानीले आफ्नो बुबाले लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् कि यस विषयको पूर्ण अनुसन्धान नभएसम्म उसको नाम निकास नियन्त्रण सूचीमा राख्नु पर्छ । यसको मतलव उनीहरूलाई पाकिस्तान छोड्न दिनुहुन्न ।

तर यसको जवाफमा सिन्थिया भन्छिन् कि २०११ मा पीपीपीको सरकार थियो र उनीहरूले आफ्नो बिरूद्ध उजुरी सुनेनन् ।

याे पनि पढ्नुस  एटम बम बनाउन सक्ने तर भेन्टिलेटर र परीक्षण किट बनाउन नसक्ने ?: खान

अखबार जंगका अनुसार पाकिस्तानी अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दूतावासले पाकिस्तानमा बसोबास गर्ने सबै अमेरिकीहरुलाई सहयोग गर्दछ तर निजी क्षमतामा पाकिस्तानमा बस्ने अमेरिकी नागरिकको बारेमा सार्वजनिक बयान गर्न सक्दैन ।’

उक्त अखबारका अनुसार अचम्मको कुरा यो हो कि उनले पीपीपीका वर्तमान प्रमुख बिलावल भट्टुलाई भविष्यमा एक शक्तिशाली नेताको रूपमा देख्छिन् र उनको दस्तावेजी फिल्मका लागि उनको अन्तर्वार्ता लिन चाहन्छिन । बीबीसी हिन्दीको सहयोगमा

कमेन्ट गर्नुहोस्