ह्वात्तै बढ्यो सुनको मूल्य, चाँदीको लगानीमा बढी नाफा

काठमाडौंः सुनको मूल्य १० हजारभन्दा बढी महँगो भएको छ ।

लकडाउनपछि पहिलोपटक तोकिएको मूल्य अनुसार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको हो ।

त्यस्तै, तेजाबी सुनको ८६ हजार ९ सय ६० रुपैयाँ तथा चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो ।

याे पनि पढ्नुस  सुनचाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ आज?

लकडाउनअघि चैत १० गते सुनको मूल्य ७७ हजार रुपैयाँ तथा चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयाँ थियो ।

यो हिसाबले साढे २ महिनामा सुन करिब १३ प्रतिशत र चाँदी करिब २२ प्रतिशतले बढेको हो ।

कमेन्ट गर्नुहोस्