सिमानामा गोली चल्यो, ६ सशस्त्र प्रहरी घाइते

परासीः भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

प्रतापपुर गाउँपालिकाअन्तरगत पर्ने उक्त नाकाबाट दुई जना महिलाले टाउकोमा राखेर मल ल्याउँदै गरेका थिए । लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो ।

याे पनि पढ्नुस  बिदामा थिए भीम रावलको सुरक्षामा खटिएका संक्रमित जवान

भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।

याे पनि पढ्नुस  प्रहरी र भारतीय तस्करबीच रौतहटमा गोली हानाहान

कमेन्ट गर्नुहोस्