सोमबार कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् पूरा राशिफल

आज २०७७ जेठ २६ गते सोमबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज प्रविधि मार्फत दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका आधुरा काम पुनः सुरु हुन सक्छ ।

याे पनि पढ्नुस  कस्तो छ आज तपाइको दिन? हेर्नुस् राशिफल

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।

याे पनि पढ्नुस  आज सोमबार कस्तो बित्दै छ तपाइको आजको दिन ? हेर्नुस् यस्तो भन्छ राशिफल

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

याे पनि पढ्नुस  आज शनिबार, कस्तो छ तपाइको भाग्य? पढौं राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघाले सताउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन लाभ हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्