पूर्वयुवराज्ञी हिमानी शाह छोरीहरूसँग नाचेको टिकटक हेर्नुभयो ? (भिडियो)

काठमाडौंः पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना दुई छोरीसँग नाचेको भिडिओ टिकटकमा देखिएपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ ।

पूर्वयुवराज्ञी हिमानी शाहले छोरीहरूसँग नाचेको वा सामान्य मानिसले नाचेको टिकटक बनाउनुमा मनोरञ्जनकै आशय देखिएको छ । आफ्ना छोरीहरूसँग रमाइलो मान्दै नाचेको त्यो भिडिओमा नेपाली नारीको झल्को देखिन्छ । हामी पनि सामान्य मानिस हौँ भनेर देखिन खोजेको एउटा अभ्यासको रूपमा यसलाई कतिपयले लिएका छन् ।

याे पनि पढ्नुस  टिकटकका बेली डान्सः ३ वर्ष जेल, १४ लाख जरिवाना !

जेठी छोरी पूर्णिका र कान्छी छोरी कृतिकाले हालेको टिकटक भिडिओमा हिमानी शाह एउटा अङ्ग्रेजी र दुईवटा नेपाली बोलको गीतमा नाचेको देखिन्छ ।

गायक सविन राईले गाएको ‘गुँरासको फेदमुनि सम्झनाको छायाँ’ नामक गीतमा उनी आफ्नी दुई छोरीका साथमा नाचिरहेको देखिन्छ ।

https://www.facebook.com/102893974769672/videos/350738985897189/

अर्को एउटा भिडिओमा ‘जसो गर, जे भन, जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी कृतिकासँग नाचेकी छन् ।

याे पनि पढ्नुस  फेसबुकले सार्वजनिक गऱ्यो टिकटकको प्रतिस्पर्धी एप

ती भिडिओमा प्रतिक्रिया जनाउने धेरैले हिमानीप्रति श्रद्धा रहेको र राजतन्त्र फर्किनु पर्ने आशय जनाएका छन् । केहीले पूर्वराजपरिवारको भिडिओ बनाउन अनुरोध गरेका छन् ।

पुर्व युवराज्ञी हिमानी शाह छोरी संग 'यो मन त मेरो नेपाली हो'गीतमा नाचेको अर्को भिडियो पनि टिकटकमा भाईरल ।

Posted by TikTok Star – टिकटक स्टार on Monday, June 8, 2020

नाचेको वा अभिनय गरेको छोटो भिडिओ शेअर गर्न मिल्ने टिकटक नेपालमा पनि निकै चर्चित बन्दै गएको छ ।

याे पनि पढ्नुस  भारतमा टिकटकसहित ५९ एपमाथि प्रतिबन्ध

सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका मानिसहरू टिकटकप्रति आकर्षण बढ्दो छ । उनीहरूले यसलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका हुन् ।

कमेन्ट गर्नुहोस्