लकडाउनको स्वरूप परिवर्तन गर्दै सरकार

काठमाडौंः आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठकमा लकडाउनको स्वरूप परिवर्तन गर्नेबारे निर्णय हुने बताइएको छ । लकडाउनको स्वरूप परिवर्तनसँगै जनस्वास्थ्य संकटकाललगायतका विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले बताएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

याे पनि पढ्नुस  एक अर्ब २४ करोडको खरिदमा भ्रष्टाचारः माघमा खुलेको टेन्डर रद्द, लकडाउन गरेर विनाप्रतिस्पर्धा ठेक्का

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ ।

याे पनि पढ्नुस  इन्डोनेसियाका राष्ट्रपतिको पीसीआर नतिजा सार्वजनिक

साढे २ महिनादेखि जारी लकडाउनले जनजीवन कठिन बन्दै गएको भन्दै अवज्ञा हुन थालेको छ । त्यसैले सरकारमाथि लकडाउनको स्वरुप परिवर्तन हुनुपर्ने दबाब छ ।

लकडाउनको स्वरूप नहुँदै व्यापारी पसल खोल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।

याे पनि पढ्नुस  सप्तरीमा थप १ संक्रमितको मृत्यु

लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए । त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्