लकडाउन खुकुलो पार्न मन्त्रिपरिषद् बैठक जारी

काठमाडौंः अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजै दिउँसो संसदमा बोल्दै प्रधानमन्त्री ओलीले आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्ने बताएका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

याे पनि पढ्नुस  राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ । एक चरण दुई हप्ताको हुनेछ ।

याे पनि पढ्नुस  तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुँदैनः प्रधानमन्त्री ओली

साढे २ महिनादेखि जारी लकडाउनले जनजीवन कठिन बन्दै गएको भन्दै अवज्ञा हुन थालेको छ । त्यसैले सरकारमाथि लकडाउनको स्वरुप परिवर्तन हुनुपर्ने दबाब छ ।

लकडाउनको स्वरूप नहुँदै व्यापारी पसल खोल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा चैतली मेला सञ्‍चालन गरेको आरोपमा ४ वडाध्यक्षसहित ९ जना प्रक्राउ

लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए । त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्