ओलीलाई व्यङ्ग गर्दै लेखिएको पारस खड्काकाे ट्वीट डिलिट !

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग गर्दै सामाजिक सञ्जालमा गरेको ट्वीट डिलिट गरेका छन् ।

आलोचनापछि ट्वीट गरेको एक घण्टापछि उनले डिलिट गरेका हुन् । तर, त्यसबारे उनले केही खुलाएका छैनन् ।

के लेखेका थिए ट्वीटमा ?

याे पनि पढ्नुस  अस्पतालबाटै प्रधानमन्त्री ओली भने, ‘कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र एक हुनैपर्छ’

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो संसदमा बोलेको विषयलाई हाल राष्ट्रिय टिमका सदस्य रहेको पूर्व कप्तान खड्काले बुधबार साँझ ट्वीट गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा पेश गरेको दाबीमा कांग्रेस नेता गगन थापाले प्रश्न उठाएका थिए । थापाले हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? भन्द्र प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका गरेका थिए ।

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीले गरे ओलीलाई स्वास्थ्यलाभको कामना

थापाको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘ माननीयज्यूले प्रश्न गर्नुभएको छ, नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यौं भनेर । भर्खरै सुन्नुभयो मैले भनेको ।’

यसैतर्फ संकेत गर्दै खड्काले यस्तो ट्वीट गरेका थिएः
छोराः के रे अहिले पनि घिरौला खाने रे ! दिन दिनै घिरौला खाने भनेर कसले भन्यो ?
आमाः मैले भने, अहिले भर्खँरै, मैले ।

याे पनि पढ्नुस  ओली भन्छन् : मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ

सम्बन्धित समाचारः

प्रधानमन्त्री ओलीलाई व्यङ्ग गर्दै पारस खड्काको ट्वीट !

कमेन्ट गर्नुहोस्